दफा ४घ
बिक्री वितरणमा नियन्त्रण
(१) नेपाल सरकारले आवश्यक ठानेको अन्त:शुल्क लाग्ने वस्तुको बिक्री वितरणमा नियन्त्रण गरी तोकिए बमोजिम व्यवस्थित गर्न सक्नेछ ।

(२) होटल, रेष्टुरेन्ट तथा पार्टी प्यालेस व्यवसायी बाहेक मदिराको कारोबार गर्ने व्यवसायीले मदिरा र सुर्तीजन्य पदार्थको मात्र कारोबार गर्न पाउनेछ।

(३) सूर्तीजन्य पदार्थको कारोवार गर्ने इजाजतपत्रवालाले अलग्गै स्थानबाट त्यस्तो पदार्थको कारोबार गर्नु पर्नेछ ।

(४) उपदफा (२) र (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि डिपार्टमेन्टल स्टोरले मदिरा र सूर्तीजन्य पदार्थको कारोवार अलग्गै बिक्री कक्ष राखी गर्नु पर्नेछ ।